For Complaint: Email - complaint@rdcnepal.org or Call Toll Free Number - 18105000096

हिर्जा : आत्मानिर्भरता तर्फको सफल यात्रा

Activities

हिर्जा, गरुडा नगरपालिका-६, रौतहट निवासी, अति विपन्न लक्षित परिवार कार्यक्रम (Ultra-Poor Graduation Program) की एक लाभग्राही हुनुहुन्छ। आर्थिक वर्ष २०८० मा कार्यक्रमका मापदण्ड अनुसार छनोट भई सहभागी हुनुभएकी हिर्जा खातुनको जीवनमा उल्लेखनीय परिवर्तन आएको छ।
कार्यक्रममा सहभागी हुनु अघि उहाँको दैनिकी ज्यालादारी मजदुरीमा बित्थ्यो। आर्थिक स्थायित्व र आत्मनिर्भरता टाढाको कुरा थियो। तर, कार्यक्रममा समावेश भएसँगै हिर्जा खातुन विभिन्न तालिम र बैठकहरूमा निरन्तर सहभागी हुँदै जानुभयो ।
| उहाँले व्यवसाय योजना सम्बन्धी तीन दिने तालिम प्राप्त | गर्नुभयो । तालिमपछि उहाँले अनुभव गर्नुभयो कि तालिमले | सोच्ने दृष्टिकोणमा गहिरो परिवर्तन ल्याएको छ। “पहिले | सोचको दायरा सानो थियो, तर तालिमले सोच बदल्यो र आत्मबल बढायो”।
तालिमपछि उहाँले एक पार्चुन पसल संचालन गर्ने योजना बनाउनुभयो । कार्यक्रमबाट ३५,००० रुपैयाँ बराबरको पसल सामग्री सहयोग स्वरूप प्राप्त गर्नुभयो । गुम्ती शैलीको सो पसल उहाँ कहिले गाउँको मेलामा, कहिले बजारमा, त कहिले टोलटोलमा टाउकोमा टोकरी बोकेर संचालन गर्नुहुन्थ्यो।
एकपटक परियोजनाका कर्मचारीले हिर्जालाई गाउँनजिकको बजारमा सामग्री बेच्दै गरेको अवस्थामा भेट्यो। कुराकानीको क्रममा उहाँले भनिन्- “यदि मलाई चुरी-लहठी बनाउने तालिम दिने हो भने, म आफै उत्पादन गरेर गाउँ बस्ती, बजारहरूमा बिक्री गर्न सक्छु, जसले आम्दानी अझ बढ्छ।”
उहाँको इच्छाशक्ति देखेर कार्यक्रममार्फत उहाँलाई १५ दिने चुरी- लहठी बनाउने तालिम प्रदान गरियो र आवश्यक सामग्री सहयोग पनि गरियो । तालिमपछि उहाँले घरमै चुरालहठी उत्पादन गर्न थाल्नुभयो र त्यसलाई विभिन्न गाउँ, टोल र बजारहरूमा बिक्री गर्दै जानुभयो ।
आजको दिनमा हिर्जा मासिक रू.२०,००० देखि २५,००० सम्मको आम्दानी गर्न सफल हुनुहुन्छ । उहाँ भन्नुहुन्छ— “अब मेरो बाबुनानीको शिक्षा सजिलै चलेको छ । परिवारको स्वास्थ्य र खर्च व्यवस्थापन सहज भएको छ। पहिले लाज लाग्थ्यो, बोल्न पनि डर लाग्थ्यो, तर अब म खुलेर गाउँ टोलमा बोल्न र व्यापार गर्न सक्ने भएको छु।”
हिर्जाको यो यात्रा समर्पण, सीप विकास, र सही सहयोगले कसरी जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने प्रेरणादायी उदाहरण हो ।

spot_imgspot_img
spot_img

About Us