मिति २०८१/०४/७ र ८ गतेका दिन राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरण, गुजरा नगरपालिका, रौतहटको समन्वय तथा सहकार्य र ग्रमीण विकास केन्द्र नेपाल (RDC Nepal) को आयोजनामा गुजरा नगरपालिकामा बालश्रम न्यूनिकरण परियोजना अन्तर्गत बाल अधिकार सम्बन्धी २ दिने नीति तथा कार्ययोजना कार्यक्रम सञ्चालन गरी सम्पन्न गरियो ।उक्त कार्यक्रममा नगर उपप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष, बाल अधिकार समितिका सदस्यहरु, बालकल्याण अधिकारी, शिक्षा शाखा, स्वास्थ्य शाखाका प्रमुख प्रतिनिधि प्रधानाध्यापक, बालक्लब तथा बालक्लब संजालका प्रतिनिधि, RDC Nepal का अध्यक्ष, उपाध्यक्ष, कार्यकारी निर्देशक लगायत सरोकारवाला महानुभावहरु गरी जम्मा ३८ जनाको सक्रिय सहभागिता रहेको थियो, जसमा १२ जना महिला र २६ जना पुरुष रहेको थियो । सञ्चालित उक्त कार्यक्रममा बालसंरक्षण सम्बन्धी कार्ययोजना निर्माण लगायत बाल अधिकार तथा संरक्षण सम्बर्द्धन कार्यविध कार्यन्वयन सम्बन्धी छलफल गरिएको थियो ।
बाल अधिकार सम्बन्धी २ दिने नीति तथा कार्ययोजना सञ्चालन
351
0
Previous article