३३ औ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा १६ दिने अभियान अन्तर्गत BRIDGE परियोजना द्वारा आयोजित “जनचेतना मूलक ऱ्याली कार्यक्रम” ले लैङ्गिक हिंसा अन्त्यका लागि सामूहिक चेतना र सहकार्यको उदाहरण प्रस्तुत गर्यो। कार्यक्रमको मुख्य उद्देश्य समुदायमा घरेलु हिंसा र लैङ्गिक असमानताका विरुद्ध जागरूकता फैलाउनु, सुरक्षित समाज निर्माणको पहलमा योगदान दिनु, र हिंसाविरुद्ध बोल्न सबैलाई उत्प्रेरित गर्नु थियो।
“हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि एक्यबद्धता’ भन्ने मूल नारालाई आत्मसात गर्दै यो अभियानले हिंसामुक्त समाजको परिकल्पना साकार पार्न सबैलाई एकजुट हुने आह्वान गर्यो।