सेवा तथा सामग्री आपूर्तिकर्ता सुचिकृत सम्बन्धी सूचना
ग्रामीण विकास केन्द्र नेपाल रौतहटले विभिन्न साझेदार संघ संस्था तथा दातृनिकायको सहयोगमा रौतहट जिल्ला लगायत प्रदेस २ का विभिन्न जिल्लाहरुमा परियोजनाहरु सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.ब. २०७८।७९ (२०२१।२२) को निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरु आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गर्न खोजेको हुँदा (RDC Nepal) ले योग्य सम्भावित आपुर्तिकर्ताहरुलाई पुर्व– योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एवं संस्थाहरुबाट यस कार्यालयमा सूचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०७८ असोज २५ गते (११ अक्टोबर २०२१) भित्र कार्यालय समय भित्र कार्यालयमा वा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौ ।
खरिद हुने सेवा तथा सामाग्रीहरु
- परामर्श तथा प्रशिक्षण सेवाहरु (बाल संरक्षण, विपद् व्यवस्थापन, जलवायू परिवर्तन, महिला हिंसा, खानेपानी सरसपफार्इ, स्वास्थ्य तथा पोषण, जिविकोपार्जन, शिक्षा, सामुदायीक परिचालन, सूशासन, नेतृत्व विकास जस्ता विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता) ।
- स्वयंसेवक तथा तथ्याङ्क सङ्कलन कार्य ।
- भवननिर्माण, शौचालय निर्माण, चापाकल गाडने कार्यको लागि निर्माण व्यवसायी ।
- सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, ट्रयाकटर, टेम्पो) भाडामा लिने सम्बन्धि कार्य ।
- कार्यालय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुद आपूर्ति गर्ने कार्यहरु ।
- छपाई (कपि, किताब, पोष्टर, प्रमाण पत्र, स्टिकर, शैक्षिक सामग्री, होर्डिङ बोर्ड, मायाको चिनो) कार्यहरु ।
- कृषि औजार, पशु सम्बन्धि सामग्री तथा औषधि, बिउ बिजन, मल, किटनासक विषाधी औषधि, बाख्रा फर्म, सुँगुर फर्म ,कुखुरा फर्म, सम्बन्धि कार्यहरु ।
- पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य (राष्ट्रिय स्तरमा) ।
- एफ.एम. रेडियो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण कार्य ।
- मोटरसाइकल तथा साइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति कार्य ।
- कम्प्यूटर, ल्यापटप, फोटोकपी प्रिन्टर एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु, एयर कण्डिसनर, यु.पि.एस. आदिका पार्टपुर्जा जडान एवं. मर्मत कार्य सम्बन्धि ।
- स्टुडेन्ट किट, हाइजिन किट, खानेपानी तथा सरसफाइ किट, एनएफआइ किट ।
- फर्निचर (काष्ट दराज, टेबल, कुर्सि र स्टिल) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा कपडा आदी) सामानहरु आपूर्ति गर्ने कार्य ।
- हार्डवेयर (कर्कट पाता, सिमेन्ट, रड, रङ्ग रोगन, शौचालयका सामाग्रीहरु र सिचाईका सामाग्रीहरु जस्तैः मोटर, दमकल आदि) आपूर्ति कार्य ।
- खानेपानी तथा पाईपलाइन विस्तारका सामाग्रीहरु तथा फिटिङ्गस् सामाग्रीहरु आपूर्ति कार्य ।
- माटो, इट्टा, बालुवा र गिटी आदी आपूर्ति कार्य ।
- तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवा प्रदान गर्ने कार्य ।
- समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि सेवा प्रदान गर्ने कार्य।
- उद्यमशीलता तथा सीपमूलक तालिम (हाउस वाइरिङ्ग, मोबाइल तथा फोन मर्मत, सिलाई बुनाई, बुटिक आदि) सम्बन्धि तालिम प्रदानगर्ने सेवा प्रदायक) ।
- कचहरी तथा सडक नाटक सञ्चालन कार्य गर्ने ।
- स्कुलपोशाक, अन्य कपडाहरु, ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति कार्य ।
- प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरु, बिपतको समयमा स्वास्थ्य सेवा आपुर्ति गर्ने कार्य ।
- मोबाइल मर्मत सम्भार तथा पार्ट पुर्जा आपूर्ति गर्ने कार्य ।
- फलाम, स्टिल तथा आलमुनियम वेलडिङ तथा वर्कसप (ठेला तथा आइरन सामग्री आदि) निर्माण कार्य गर्ने व्यवसायी ।
- कार्य क्षेत्र (गरूडा र माधवनारायण) मा रहेको बचत तथा ऋण एवंम कृषी सहकारी संस्थाहरु ।
- किराना, सौन्दर्य, टेलरिङ्ग, चप्पल, जुता, भाडा वर्तन लगायत अन्य सामाग्रीहरु आपूर्ति गर्ने कार्य ।
- कुरियर तथा हावर्इ टिकट सेवा ।
- Website and web-based MIS development गर्ने कार्य ।
- टेन्टहाउस सर्भिस प्रदान गर्ने कार्य ।
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (Authorized dealer)
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. मु.अ. करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४. आर्थिक बर्ष ७६/७७ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. पछिल्लो बर्ष विभिन्न सार्वजनिक निकायहरु मा कारोवार गरेको प्रमाणको प्रतिलिपि ।
यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
ग्रामीण विकास केन्द्र नेपाल
प्रधान कार्यालयः ठाडाटोल रोड, चन्द्रपुर ४ रौतहट, फोन नं. ०५५ ५४०२०३
शाखा कार्यालयः भन्सार रोड, गौर, रौतहट, फोन नं. ०५५ ५२०२४०
इमेल ठेगानः info@rdcnepal.org or pc@rdcnepal.org
वेवसाइटः www.rdcnepal.org